३१ असोज , काठमाण्डौ ।
हिमालपारीको जिल्लाका एक प्रेमिल जोडीको कथामा आधारित नयाँ नेपाली गीत ‘हिमालपारि’ सार्वजनिक भएको छ ।
गीतमा मुस्ताङको छुसाङ गाउँकी भूमो र उनका प्रेमीको कथा वर्णन गरिएको छ ।

गायक योगेश राना मगरको स्वर रहेको गीतमा जेम्स तामाङको शब्द र विक्रम थापाको संगीत छ ।
घर र गुम्बालाई साक्षी राखेर जीवनभर साथ दिने प्रेमीको वाचा गीतको मुख्य भाव हो ।

लुरी गुम्बा, लोमान्थाङ, टीजी मेला, कालीगण्डकी नदी र घ्यालिङ बाजाको प्रसङ्गले गीतलाई मुस्ताङको संस्कृतिसँग जोडेको छ ।
एकान्त मगरको निर्देशनमा बनेको भिडियोमा योगेश राना मगर र प्रिया थापा प्रमुख भूमिकामा छन् ।
भिडियो मकवानपुरको चित्लाङ, मार्खू र कुलेखानीको इन्द्रसरोवर आसपास छायांकन गरिएको छ ।
यसले दुवै क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सञ्जय हमालको संगीत संयोजन रहेको गीतको मिक्सिङ बिसन मानन्धर र मास्टरिङ अशोक महर्जनले गरेका हुन् ।
गीत Yogesh Rana Official युट्युब च्यानलमा उपलब्ध छ ।
भिडियो लिङ्कः



