आज माता सिद्धिदात्रीको आराधना, भोलि विजयादशमी

३ कात्तिक २०८३, मंगलबार
Share this
803shares

३ कार्तिक , काठमाण्डौ ।

Advertisement

आज शारदीय नवरात्रको नवौँ दिन ।

नवदुर्गामध्येकी अन्तिम स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिदै ।

Advertisement

धार्मिक मान्यताअनुसार श्रद्धा र निष्ठापूर्वक देवीको उपासना गरेमा साधकले विभिन्न प्रकारका सिद्धि प्राप्त गर्नुका साथै सांसारिक दुःखबाट मुक्ति पाउने विश्वास ।

‘सिद्धि’ भन्नाले आध्यात्मिक शक्ति र ‘दात्री’ भन्नाले प्रदान गर्ने शक्ति भन्ने बुझिन्छ ।

Advertisement

त्यसैले देवी सिद्धिदात्रीलाई भक्तहरूलाई विभिन्न प्रकारका सिद्धि प्रदान गर्ने देवीका रूपमा पूजा गरिन्छ ।

चार हातमध्ये दाहिने हातमा जपमाला र गदा तथा बायाँ हातमा कमलको फूल र शङ्ख रहेको धार्मिक वर्णनमा उल्लेख ।

पौराणिक मान्यताअनुसार भगवान् शिवले पनि देवी सिद्धिदात्रीकै कृपाबाट विभिन्न सिद्धि प्राप्तदेखि देवीकै अनुग्रहबाट शिवको आधा शरीर नारी स्वरूप भएको र ‘अर्धनारीश्वर’ नामले प्रसिद्ध भएको धार्मिक विश्वास ।

आज देवीको ध्यान, पूजा तथा स्तोत्र पाठ गरेमा घरपरिवारमा सुख–शान्ति कायम हुने, दुःख–कष्ट हट्ने र मोक्ष प्राप्तिको मार्ग खुल्ने विश्वास । भोलि विजयादशमी मनाइदै ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top