बडादसैँको टीका आज पनि लगाइँदै

६ कात्तिक २०८३, शुक्रबार
Share this
773shares

६ कार्तिक , काठमाण्डौ ।

Advertisement

विजया दशमीको टीकाको तेस्रो दिन आज पनि नेपालीले मान्यजन तथा आफन्तको हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाउदै ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट रातो टीका र जमरा लगाई आशीर्वाद लिने क्रम आज पनि जारी ।

Advertisement

बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी बुधबार परेको थियो।

मुख्य दिन टीका थाप्न नभ्याएका तथा विभिन्न कारणले आफन्तकहाँ पुग्न नसकेकाहरूले आज आफन्त र मान्यजनको घरमा पुगेर टीका ग्रहरण गर्दै ।

Advertisement

विजया दशमीको दिनलाई टीका लगाउने मुख्य दिन मानिए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा ।

यही परम्पराअनुसार दसैँको टीका लगाउने, लगाइदिने तथा आशीर्वाद लिनेदिने क्रम अझै जारी ।

टीका र जमरा लगाउन आफन्त तथा मान्यजनकहाँ जानेहरूको आवतजावत बढेसँगै काठमाडौंमा दसैँको चहलपहल पनि बढ्न थाल्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top