दक्षिण अफ्रिकी क्रिकेटर डेविड मिलरले कर्णालीबाट खेल्ने

७ कात्तिक २०८३, शनिबार
Share this
681shares

७ कार्तिक , काठमाण्डौ ।

Advertisement

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गर्याे ।

क्लबले शुक्रबार ३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरलाई टोलीमा भित्र्याएको घोषणा गर्याे ।

Advertisement

मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी ।

यसअघि क्लबले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, चर्चित अलराउन्डर हुसैन तलात, स्कटल्यान्डका मार्क वाटलगायत विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।

Advertisement

वाटबाहेक मिलर, फरहान, तलात, अरिफुल र अकबरले पहिलोपटक एनपीएल खेल्ने। कर्णाली याक्स स्पोट्र्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको अपेक्षाअनुसार मिलरजस्ता विश्वचर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको बताए।

मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन्।

उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्।

उनले आईपीएलमा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स–११ पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका छन्।

सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा मिलर टोलीका महत्वपूर्ण खेलाडी थिए।

कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा कर्णालीका मार्की खेलाडी सोमपाल कामीसहित गुल्शन झा र नन्दन यादव पनि टोलीमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top