७ कार्तिक , काठमाण्डौ ।
उद्योगी, समाजसेवी एवं गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयललाई मातृशोक परेको छ ।
गोयलकी आमा विमला देवी गोयलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

झापा बुधबारे मूल घर भएकी स्वर्गीय विमलाले आफ्ना स्वर्गीय श्रीमान् समाजसेवी ओमप्रकाश गोयलको जीवनसंगिनीका रुपमा पारिवारिक एवं समाजसेवामा उत्तिकै योगदान पुर्याएकी थिइन् ।
ओमप्रकाश गोयल उद्योग तथा व्यवसायसँगै सामाजिक र परोपकारी कार्यमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वका रूपमा परिचित थिए ।

उनलाई नेपालमा पहिलोपटक एम्बुलेन्स दान गर्ने व्यक्तिका रूपमा स्मरण गरिन्छ ।
समाजसेवामा पु¥याएको योगदानको कदरस्वरूप उनलाई मरणोपरान्त ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित गरिएको थियो ।
साथै, नेपाल सरकारले उनको सम्मानमा सन् २०२५ मा १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशन गरेको थियो ।
यी सामाजिक तथा परोपकारी कार्यमा विमला देवी गोयल उनकी जीवनसंगिनीका रूपमा सधैँ साथमा रहिन् ।
उनले पारिवारिक जीवनमा साथ दिनुका साथै स्वर्गीय ओमप्रकाश गोयलका सामाजिक कार्य तथा सेवामूलक यात्रामा सहयात्रीको भूमिका निर्वाह गरेकी थिइन् ।
स्वर्गीय गोयल दम्पत्तिका तीन छोरा र एक छोरी छन् ।



