११ कार्तिक , काठमाण्डौ ।
काठमाडौं जिल्ला अदालतको रेकर्डअनुसार, आर्थिक वर्ष २०८१÷८२ मा मात्रै चार हजार ५८९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता ।
अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा पनि चार हजार ४६६ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका थिए ।

सम्बन्धविच्छेदका लागि आउनेमा ३० वर्ष हाराहारीको उमेरका जोडी धेरै देखिए ।
सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८१÷८२ मा देशभर २४ हजार ५२२ वटा सम्बन्धविच्छेद दर्ता भएको देखाएको छ, यो मासिक औसत दुई हजारभन्दा बढी हो ।

एक वर्षको अन्तरालमा सरदर एक हजारको बढोत्तरीको ‘ट्रेन्ड’ हेर्दा पनि सम्बन्धविच्छेदको अवस्था जटिल बन्दै गएको देखाउँछ ।
काठमाडौं अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार, सम्बन्धविच्छेद मुद्दाको प्रवृत्ति बर्सेनि बढ्दो रूपमा रहेको छ ।
खासगरी श्रीमान् वैदेशिक रोजगारीमा रहेको, लामो समयदेखि सम्पर्क नभएको भन्ने ‘केस’हरू बढी आइरहेका उनको भनाइ छ ।



