हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक

११ कात्तिक २०८३, बुधबार
Share this
780shares

११ कार्तिक , काठमाण्डौ ।

Advertisement

हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच सिरिज ‘हुवावे वाच जीटी ७ ’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी प्रणाली र आउटडोर खेलकुद ट्र्याकिङ सुविधासहित सार्वजनिक गरिएको यस सिरिजले स्मार्टवाच प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

Advertisement

यस सिरिजअन्तर्गत हुवावे वाच जीटी ७ को मूल्य ४४ हजार ९९० रुपैयाँ र हुवावे वाच जीटी ७ प्रोको मूल्य ६४ हजार ९९० रुपैयाँ तोकिएको छ।

Advertisement

आउटडोर गतिविधिका लागि विशेष सुविधा

हुवावे वाच जीटी ७ प्रोमा एयरोस्पेस ग्रेड टाइटेनियम एलोय केस, नानो टेक्नोलोजी सिरेमिक बेजेल र नीलमणि (स्याफायर) ग्लासको सुरक्षा उपलब्ध छ।

यसमा रहेको १.४७ इन्चको एमोलेड डिस्प्लेले अधिकतम ३ हजार निट्ससम्मको ब्राइटनेस प्रदान गर्ने भएकाले बाहिरी वातावरणमा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ।

स्मार्टवाचमा डुअल ब्यान्ड जीएनएसएस प्रविधि समावेश गरिएको छ, जसले यात्राको मार्ग ट्र्याक गर्न सहयोग गर्छ।

यसको ट्रेल रनिङ मोडमार्फत उचाइ, गति, उकालो–ओरालोको ढलान, दूरी र मुटुको धड्कनसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ।

त्यस्तै, साइकलिङ र गल्फका लागि विशेष सुविधा तथा ४० मिटरसम्मको गहिराइमा फ्रिडाइभिङ गर्न सहयोग गर्ने सुविधा पनि उपलब्ध छन्।

यी विशेषताले हाइकिङ, ट्रेकिङ र अन्य बाहिरी गतिविधिमा संलग्न हुने प्रयोगकर्तालाई उपयोगी हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य निगरानी र २१ दिनसम्मको ब्याट्री लाइफ

हुवावे वाच जीटी ७ प्रोमा ईसीजी विश्लेषण, मुटुको धड्कन तथा रगतमा अक्सिजनको मात्रा निगरानी, निद्रा विश्लेषण, एचआरभी ट्र्याकिङ र तनाव निगरानीजस्ता सुविधा समावेश छन्।

यसमा रहेको फिजिकल रेडिनेस स्कोरले प्रयोगकर्तालाई शरीरको रिकभरी अवस्था र दैनिक गतिविधिका लागि आफ्नो तयारी बुझ्न सहयोग गर्छ।

साथै, ११० भन्दा बढी वर्कआउट मोड उपलब्ध छन्।

कम्पनीका अनुसार प्रयोगको अवस्थाअनुसार यस स्मार्टवाचको ब्याट्री हल्का प्रयोगमा २१ दिनसम्म र सामान्य प्रयोगमा १२ दिनसम्म टिक्न सक्छ।

ट्रेल रनिङ मोडमा भने ५१ घण्टासम्म ब्याट्री टिक्ने बताइएको छ।

यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवै डिभाइससँग प्रयोग गर्न सकिन्छ।

मूल्य, रङ र विशेष अफर

हुवावे वाच जीटी ७ को ४६ एमएम भेरियन्ट कालो र पहेँलो रङमा तथा ४१ एमएम भेरियन्ट गुलाबी रङमा उपलब्ध छ।

यसको मूल्य ४४ हजार ९९० रुपैयाँ तोकिएको छ।

त्यस्तै, हुवावे वाच जीटी ७ प्रोको ४६ एमएम भेरियन्ट कालो, हरियो र पहेँलो रङमा उपलब्ध हुनेछ।

यसको मूल्य ६४ हजार ९९० रुपैयाँ रहेको छ।

सीमित अवधिका लागि हुवावे वाच जीटी ७ प्रो खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने हुवावे फ्रीबड्स एसई २ निःशुल्क प्राप्त गर्नेछन्।

यस अफरमार्फत ग्राहकले प्रिमियम स्मार्टवाचसँगै थप उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।

हुवावेका उत्पादन, उपलब्धता तथा अन्य विवरणबारे जानकारी लिन कम्पनीको आधिकारिक वेबसाइट र सम्बन्धित अनलाइन बिक्री माध्यम हेर्न सकिनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top