चेपाङकी छोरीलाई डा. सुनिल शर्माले शिक्षा र रोजगारी दिँदै

११ कात्तिक २०८३, बुधबार
Share this
703shares

११ कार्तिक , काठमाण्डौ ।

Advertisement

मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङलाई परिवारको कमजोर आर्थिक अवस्था र चार सन्तानको भविष्यको चिन्ताले पिरोलिरहेको थियो।

छोराछोरीलाई पढाएर सक्षम बनाउने चाहना हुँदाहुँदै पनि उनीसँग त्यसका लागि आवश्यक खर्च जुटाउने सामथ्र्य थिएन।

Advertisement

विशेषगरी, कान्छी छोरी सीमाना चेपाङको आईटी विषयमा उच्च शिक्षा हासिल गर्ने सपना आर्थिक अभावका कारण अधुरै रहने जोखिम थियो।

यही अवस्थामा नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्मासँग भएको भेटले सीमानाको भविष्यका लागि नयाँ सम्भावनाको ढोका खोलिदिएको छ ।

Advertisement

पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले ‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत जिल्ला दौडाहामा रहेका डा. शर्मा मकवानपुर पुगेका बेला राक्सिराङ गाउँपालिका–८ का रामकृष्णसँग उनको भेट भएको थियो।

कुराकानीका क्रममा रामकृष्णले आर्थिक अवस्थाका कारण कान्छी छोरीलाई उच्च शिक्षा पढाउन नसक्ने बाध्यता सुनाए ।

उनको अवस्था र छोरीको पढ्ने चाहना बुझेपछि शर्माले सीमानालाई काठमाडौं ल्याएर आईटी तथा एआई विषयमा स्नातक तहको अध्ययन गराउने जिम्मेवारी लिने बताए।

पढाइसँगै रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले जनाए।

रामकृष्ण र सीमानासँगको भेटमा शर्माले अध्ययनको व्यवस्था मिलाउने आश्वासन मात्रै दिएनन्, कलेज र पढाइको विषयसमेत स्पष्ट पारे।

‘सीमाना, हामी तपाईंलाई काठमाडौं लिएर जाँदैछौँ। टेक्सास कलेजमा आईटी पढ्नुहुन्छ। त्यहाँका प्रिन्सिपल भेषराज पोख्रेल मेरा गाउँले साथी पनि हुनुहुन्छ। तपाईंले आईटी र एआईमा स्नातक गर्नुहुन्छ,’ उनले भने।

शर्माका अनुसार टेक्सास कलेजमा सीमानाका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था मिलाइनेछ।

करिब १० लाख २० हजार रुपैयाँ लाग्ने अध्ययन खर्चमध्ये सात लाख रुपैयाँ कलेजले बेहोर्ने र बाँकी तीन लाख २० हजार रुपैयाँ आफूहरूले व्यवस्था गर्ने उनले बताए।

पढाइका क्रममा आर्थिक समस्याले बाधा नपुगोस् भन्ने उद्देश्यले काठमाडौं मेडिकल कलेजमा रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले जनाएका छन्।

अचानक खुलेको अवसरले सीमाना निकै खुसी भइन्।

‘एकदमै खुसी र रमाइलो लागिरहेको छ, धेरै धेरै धन्यवाद,’ उनले भनिन्।

शर्माले सीमानालाई चार वर्षको अध्ययन पूरा गरेर आईटी विशेषज्ञ बन्न र त्यसपछि स्नातकोत्तर अध्ययनसमेत गर्न हौसला दिएका छन्।

उनले आफ्नो भविष्य निर्माणसँगै अरू बालबालिकाको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने सोच राख्न सीमानालाई सुझाएका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा छात्रवृत्तिमार्फत सहयोग गर्दै आएका शर्माले आफ्नो स्वामित्वमा रहेका काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, विपन्न तथा दलित समुदायका एक हजारभन्दा बढी विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top