हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२३ कात्तिक २०८३, सोमबार
Share this
700shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण आज देशका विभिन्न हिमाली तथा पहाडी भू–भागमा बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा बादल लागेको छ ।

Advertisement

देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहने ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल रहने अनुमान ।

कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका साथै कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान ।

त्यस्तै, आज राति हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने ।

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा राति पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top