यमपञ्चक अन्तर्गत आज गाईपूजा गरिँदै

२३ कात्तिक २०८३, सोमबार
Share this
693shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

यमपञ्चक अर्थात् तिहारको महत्वपूर्ण दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदै ।

हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्ने परम्पराअनुसार आज विधिपूर्वक गाईको पूजा गरिन्छ ।

Advertisement

गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने धार्मिक तथा सामाजिक विश्वासका कारण गाईलाई गौमाताका रूपमा पूजा गर्ने चलन ।

गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक, सांस्कृतिक तथा दैनिक जीवनमा समेत यसको विशेष महत्व ।

धार्मिक मान्यताअनुसार गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास ।

नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गरिदै ।

धार्मिक विश्वासअनुसार आज गाईको पुच्छरमा साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन (डोरो) बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पु¥याउने मान्यता ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top