न्यालुलेकको हिउँ पन्छाउन थालियो

२३ कात्तिक २०८३, सोमबार
Share this
784shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालियो ।

गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डअन्तर्गत करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले ढाकियो ।

Advertisement

सडक अवरुद्ध भएपछि लिमीका बासिन्दालाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या ।

नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालय सिमकोटको संयुक्त आयोजनामा मंसिर १९ गतेदेखि हिउँ पन्छाउने काम सुरु गरिएको हो।

सडक खुलाएर लिमीवासीको आवतजावत सहज बनाउनुका साथै अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाइने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top