युवराजको शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

२३ कात्तिक २०८३, सोमबार
Share this
776shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले लगातार चार खेलको हारपछि पहिलो जित दर्ता ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै जितको खाता खोल्यो ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रनको विशाल योगफल बनाएको थियो।

पोखराका ओपनर युवराज सामरा खेलका मुख्य आकर्षण बने।

उनले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए।

यो जारी एनपीएलको पहिलो शतकसमेत हो।

त्यस्तै, कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रन बनाए।

चमिकाले पनि ११ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ३५ रन जोडे ।

२१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली पोखराको बलिङसामु निरीह बन्यो।

कर्णालीले निर्धारित २० ओभरमा लक्ष्य भेट्टाउन नसक्दा पोखराले ६३ रनको जित निकाल्यो।

पोखराका मेहेदी हसनले तीन तथा सोमपाल कामीले दुई विकेट लिए।

यसअघि पोखरा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो।

पाँचौँ खेलमा आएर पोखराले जितको खाता खोलेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top