काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन

काठमाडौं, कात्तिक ६
नेपालमा पहिलोपटक काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनमा आएकोल छ । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो।

सो विद्युतीय बस सेवाको ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २०३० भित्र इन्धनवाला सवारी विस्थापित गरी विद्युतीय सवारीसाधन सञ्चालन गरेर वातावरणमैत्री मुलुक निर्माण गर्ने बताए। उनले इन्धनमा परनिर्भर हुनुपर्ने नेपालजस्तो मुलुकमा विद्युतीय गाडी आवश्यक रहेको बताए।

Advertisement

बस सञ्चालनमा ललितपुर महानगरपालिकाको पनि सहकार्य रहेको साझा यातायात सञ्चालक समिति सदस्य भुषण तुलधारले बताए। दुईवटा बस सोमबारदेखि संचालनमा आएका छन् भने बाँकी तीनवटा ल्याउने क्रममा रहेको उनले जानकारी दिए।

बढ्दो वायुप्रदूषण नियन्त्रण गर्न विश्वले सन् २०३० भित्र इन्धनबाट चल्ने सवारीसाधनलाई विस्तापित गरी विद्युतीय बस प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ। चीन र भारतले तोकिएकै समयभित्र विद्युतीय सवारी प्रयोग गर्ने निर्णय गरेसँगै नेपाल सरकारले पनि विद्युतीय सवारी प्रयोग गर्ने घोषणा गरेको थियो।

Advertisement

एसियाली विकास बैंकको सहयोगमा ल्याइएको बस साझा यातयातको व्यवस्थापनमा सञ्चालन हुनेछ। बस चालकसहित २० सिट क्षमताको छ। बसमा यात्रुलाई उभिएर यात्रा गर्नेका लागि ह्याङगरको सुविधा छ। साथै सुरक्षाका लागि सीसी क्यामरा समेत जडान गरिएका छन्।

ठूलो विद्युतीय बस उत्पादन गरी चीनलगायत विश्वका ५० बढी देशमा सञ्चालन गरि सकेको बीवाईडी कम्पनीले नेपालमा समेत बस सेवा विस्तारमा सहयोग गर्ने भएको छ। कम्पनीले दुई वर्ष भित्रमा नेपालभर ५० ओटा चार्जिङ स्टेसन बनाउने घोषणा गरेको छ।

९.५ मीटरदेखि १२ मीटरसम्म लामो रहेका यि बस भित्री सहरमा समेत गुड्न सक्ने छ। खरिद महंगो भएपनि सञ्चालन खर्च सस्तो र दीगो हुने भएकाले इन्धनका गाडी भन्दा विद्युतीय गाडी सस्तो हुने सञ्चालक कम्पनीको दावी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top