एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै, भारतका दुई टोलीसँग महिला टोलीले खेल्ने (भिडिओसहित)

२४ कात्तिक २०८३, मंगलबार
Share this
682shares

२४ कार्तिक , काठमाण्डौ ।    ओमानमा चलिरहेको यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार अहिले पौने ११ बजे अलअमेरातमा शुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले यसअघि खेलेका दुवै खेल गुमाएको छ । पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईसँग सात विकेटको हारेको थियो ।

Advertisement

भारतविरुद्धको पहिलो खेलमा नेपालले ४३ ओभर तीन बलमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो । नेपालले दिएको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९ ओभर एक बलमै पूरा गरेको थियो । दोस्रो खेलमा पनि नेपालको ब्याटिङ र बलिङ दुवै चल्न सकेन । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४ ओभर चार बलमै तीन विकेट गुमाएर पूरा ग¥यो ।पाकिस्तान यो प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा यूएईलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई तीन विकेटले हराएको थियो । यसैबीच पाकिस्तानसँगको खेलपछि नेपाली टोली भोलि नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार नेपाली टोली भोलि दिउँसो साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । यता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सुदूरपश्चिमले एनपीएलको यो सिजनमा अहिलेसम्म ५ खेल खेलेको छ भने अंकतालिकामा ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ वटामा हार व्यहोरेको छ । आजको जितले सुदूरपश्चिमका लागि प्लेअफमा पुग्न सहज बनाउनेछ । उता, जनकपुर बोल्ट्सले पनि ५ वटै खेल जितेको छ । जनकपुर अकंतालिकाको पाँचौँ स्थानमा रहेको छ । आजको खेल जित्नुपर्ने दबाबमा रहेको जनकपुरले २ जित र ३ हारसहित अंकतालिकामा ४ अंक जोडेको छ । उता नेपालले यू–१९ महिला त्रिकोणात्मक क्रिकेट सिरिजमा भारतका दुई फरक टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताका लागि नेपाली र भारतीय दुवै टोलीको घोषणासमेत भइसकेको छ ।

Advertisement

नोभेम्बर १० देखि सुरु हुने सिरिजमा नेपालसहित भारत ‘ए’ र भारत ‘बी’ सहभागी हुनेछन् । नेपालले नोभेम्बर १२ मा भारत ‘बी’ सँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले नोभेम्बर १४ मा भारत ‘ए’, नोभेम्बर १८ मा भारत ‘बी’ र नोभेम्बर २० मा पुनः भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल नोभेम्बर २२ मा हुनेछ । क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ । रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आशिका कुमारी महरा, आस्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी, तिर्सना विश्वकर्मा टोलीमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top