०१ मंसिर , काठमाण्डौ ।
नेपाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको भाउ घट्यो ।
गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पायो ।

सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ आजभने तोलामा एक हजार नौ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँ कायम ।
सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घट्यो ।
सोमबार प्रतितोला तीन हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार चार सय ९० रूपैयाँमा किनबेच हुँदै ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँले कम ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



