६ मंसिर , काठमाण्डौ ।
एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आज नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० सँग प्रतिस्पर्धा गर्दै ।
कतारको दोहामा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुने। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा ।

नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो।
यता युएई पनि पाकिस्तान ‘ए’ सँग ६१ रनले पराजित भएको थियो।
त्यसैले दुवै टोलीका लागि आजको खेल प्रतियोगितामा आफ्नो सम्भावना कायम राख्न महत्त्वपूर्ण हुने ।
सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिता खेलिरहेको नेपाली टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, कुशल भुर्तेल, ललित राजवंशी, दीपक डुम्रे, सन्दीप जोरा, देव खनाललगायत खेलाडी छन्। नेपालले प्रतियोगितामा आफ्नो तेस्रो खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने ।
एकदिवसीय फम्र्याटमा सञ्चालन भइरहेको प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ‘ए’ टोली सहभागी छन्।
त्यस्तै, नेपाल, युएई र हङकङका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्दै ।



