७ मंसिर , काठमाण्डौ ।
सरकारले प्रहरी महानिरीक्षक पदबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै ।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न र नवनियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउन कार्कीद्धारा अन्तरिम आदेशसमेत माग।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेस गर्न सरकारलाई आदेश दिएको थियो।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत अदालतले छलफलका लागि बोलाएको छ।
बालेन्द्र शाह नेतृत्वको सरकारले मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो।
अब आजको सुनुवाइपछि मनोज केसीको नियुक्ति रोक्न अन्तरिम आदेश जारी हुन्छ वा हुँदैन भन्ने विषयमा टुङ्गो लाग्ने।



