७ मंसिर , काठमाण्डौ ।
विगत केही साता लगातार घटेको सुनको भाउ आज भने बढ्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम ।

अघिल्लो दिन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँले बढ्यो ।
आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार हुँदै ।
अघिल्लो दिन ३ हजार ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।



