रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुँदै

७ मंसिर २०८३, सोमबार
Share this
679shares

७ मंसिर , काठमाण्डौ ।

Advertisement

रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ ।

आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना हुन लागेको हो ।

Advertisement

दिउँसो २ बजेदेखि सुरु हुने महोत्सवमा भारतीय ¥यापर डिभाइन र नेपाली ¥यापर साकारसहित कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले प्रस्तुति दिनेछन् ।

महोत्सवमा संगीतसँगै स्केटबोर्डिङ, बास्केटबल, फ्रिस्टाइल फुटबल, बीएमएक्स, परम्परागत नृत्य, कला तथा फेसनसम्बन्धी गतिविधि पनि सञ्चालन हुनेछन् ।

स्थानीय उत्पादन, हस्तकला र खानाका परिकारका स्टलसमेत रहने आयोजकले जनाएको छ ।

महोत्सवमा संगीतबाहेक स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल, बास्केटबललगायतका गतिविधि पनि सञ्चालन हुनेछन् ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहभागितामा स्केटपार्कका गतिविधि सञ्चालन हुनेछन् ।

स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत राखिएको छ, जसमा सहभागीले आफ्नो सीप प्रदर्शन गरी पुरस्कार जित्न सक्नेछन् ।

इश्ना गोएक्ना र मस्रुन स्केटले स्केटपार्कका गतिविधिको नेतृत्व गर्ने बताइएको छ ।

आयोजकका अनुसार महोत्सवले नेपाली कला, संस्कृति, संगीत र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछ ।

कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ । टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top