दानबहादुर कार्कीको रिटमा सुनुवाइ स्थगित

७ मंसिर २०८३, सोमबार
Share this
695shares

७ मंसिर , काठमाण्डौ ।

Advertisement

प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा आजको सुनुवाइ रोकियो ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तय भएको थियो ।

Advertisement

सुनुवाइ सुरु भएलगत्तै सरकारी वकिलले नवनियुक्त आईजीपी मनोज केसीले म्याद बुझ्न बाँकी रहेको जनाउ इजलासलाई दिएपछि सुनुवाइ रोकिएको जानकारी ।

अब केसीलाई म्याद तामेल भएपछि मात्रै सुनुवाइ अघि बढ्नेछ ।

त्यसपछि मात्र केसीलाई आईजीपीमा रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशको टुंगो लाग्ने ।

सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले तिहारअघि रिट दिएका थिए ।

कार्कीले आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको रिटमा दाबी।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top