म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा युभेन्टसको जित

६ कात्तिक ७५, बुधबार

एजेन्सी,कात्तिक ७
यूईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन महारथी युभेन्टसले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

Advertisement

युभेन्टसले युनाइटेडको घरेलु मैदानमै १–० ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा युभेन्टसलाई जिताउन अर्जेन्टाइन पाउलो डिबाला निर्णायक गोल गरे । सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने गोल गर्न असमर्थ रहे ।

प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले १७ औं मिनेटमा नै रोनाल्डोको क्रस पासमा जुवान क्वाडराडोले उपलब्ध गराएको पासलाई डिबालाले सदुपयोग गरेका थिए ।

Advertisement

पहिलो हाफमा घरेलु टोलीलाई दवावमा राखेको युभेन्टसले गोलका केही मौका खेर फालेको थियो । खेलमा त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड घरेलु मैदानमा १–० ले पराजित हुन पुग्यो ।

समूह ‘एच’ मा अपराजित रहेको युभेन्टसको ३ खेलबाट ९ अंक पुगेको छ । युभेन्टससँग पराजित भएको युनाइटेड ४ अंकसहति दोस्रो स्थानमा यथावत छ । यो समुहमा योङ ब्वाइज र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top