७ मंसिर , काठमाण्डौ ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका प्राध्यापकद्धारा अन्तर्राष्ट्रियस्तरको चिकित्सा सम्मेलनमा अनुसन्धानपत्र प्रस्तुत गरेका छन् ।
अष्ट्रेलियाको पर्थमा वल्र्ड हार्ट फाउन्डेसनद्वारा आयोजित ‘वल्र्ड हार्ट कंग्रेस’ मा नोबेल मेडिकल कलेजका प्राध्यापकद्वय प्रा. डा. डिल्लीराम काफ्ले र प्रा. डा. रुपेश कुमार श्रीवास्तव गरे अनुसन्धानपत्र प्रस्तुत गरेका हुन् ।

न्युरोलोजी विभागका प्राध्यापक प्रा. डा. काफ्ले र बायोकेमेस्ट्री विभागका प्राध्यापक प्रा. डा. श्रीवास्तवले अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा आफ्ना अनुसन्धान तथा ज्ञान प्रस्तुत गरेका हुन् ।
विश्वका विभिन्न देशका स्वास्थ्य तथा चिकित्सा क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता र प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्राध्यापकहरूको अनुसन्धानपत्र छनोट हुनु चिकित्सा शिक्षा तथा अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।
यो सहभागिताले नेपाली चिकित्सक तथा अनुसन्धानकर्ताहरूको क्षमता अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नुका साथै नेपालको चिकित्सा शिक्षा र अनुसन्धान क्षेत्रको पहिचान अभिवृद्धिमा समेत योगदान पु¥याउने विश्वास छ ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अनुसन्धान, नवप्रवर्तन र शैक्षिक उत्कृष्टतालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्ना प्राध्यापकहरूको अनुसन्धानपत्र प्रस्तुत हुनुले संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिलाई थप प्रोत्साहन हुने अपेक्षा छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चिकित्सा क्षेत्रको प्रतिनिधित्व गर्दै अनुसन्धानपत्र प्रस्तुत गर्ने प्राध्यापकद्वयलाई नोबेल मेडिकल कलेजले बधाई दिएको छ ।



