गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

९ मंसिर २०८३, बुधबार
Share this
686shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत पाँचकिलोमा बस र ट्रक एकआपसमा ठोक्किँदा १७ जना घाइते ।

गोरखाबाट पोखराका लागि छुटेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक एकआपसमा ठोक्किएको प्रहरीको भनाई।

Advertisement

दुर्घटनामा १७ जना घाइते। घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले दिए जानकारी।

दुर्घटनामा बसचालक पोखरा३२ का ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक चितवनको भरतपुर २९ जुगेडीका ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ बढी घाइते।

घाइते सबैको तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचार जारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top