भिडिओ बनाउन भेरीमा पसेका दुई युवा हिजोदेखि बेपत्ता

९ मंसिर २०८३, बुधबार
Share this
721shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

सुर्खेतस्थित भेरी नदीमा सेल्फी भिडियो बनाउने क्रममा नुहाउन पसेका दुई युवा अझै बेपत्ता।

मंगलबार दिउँसो नदीमा पसेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ का १९ वर्षीय अमिर अली शाह र बुदेश कुमार तमोली बेपत्ता।

Advertisement

उनीहरू सुर्खेतमा आफन्तलाई भेटेर घर फर्किने क्रममा भेरी नदी किनारमा पुगेको र मोबाइल सेल्फी मोडमा राखेर भिडियो बनाउन नदीमा पसेका उनीहरू फर्केर नआएको प्रहरीको भनाई।

वीरेन्द्रनगर नगरपालिका–११ स्थित भेरी नदी र झुप्राखोलाको दोभानमा उनीहरूले प्रयोग गरेको मोटरसाइकल, जुत्ता,कपडासहितको झोला र सेल्फी स्टिकमा राखिएको मोबाइल फेला ।

नदीको तीव्र बहावले दुवैलाई बगाएको आशंका गरिएको सुर्खेतका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलको भनाई ।

बेपत्ता युवाहरूको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोर परिचालन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top