सचिनको १७ वर्ष पुरानो रेकर्ड तोडियो, कोहलीले बनाए नयाँ रेकर्ड

एजेन्सी,कात्तिक ७
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् ।

कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेमा १० हजार रन पुरा गरेका हुन् । अष्ट्रेलियाविरुद्ध मार्च २००१ मा करियरको २ सय ५९ औं इनिङ्ग्समा सचिनले १० हजार रन पुरा गर्दै एकदिवसिय क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका थिए तर कोहलीले यसलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन् । यो सँगै कोहली १० हजार रन पुरा गर्ने भारतीय पाँचौ ब्याटम्यान बनेका  छन् ।

दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबीरुद्ध ८१ रन प्रहार गर्दै यो सफलता हात पारेका हुन् । कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ रन लिदैँ यो सफलता हात पारेका हुन् ।१० हजार रन पुरा गर्ने विश्वका १३ औँ ब्याटम्यान बनेका कोहली सर्वाधिक छिटो पुरा गर्ने पहिलो ब्याटम्यान बने । छोटो समयमा यस उपलब्धि हासिल गर्ने कीर्तिमान यस अघि १७ वर्ष देखी सचिनकै नाम थियो ।

उनले विशाखापटनममा आज (बुधबार) वेस्ट इण्डिजविरुद्धको खेलसँगै नयाँ रेकर्ड बनाएका हुन् । कोहलीले २ सय १३ खेल तथा २ सय ५ औं इनिङ्ग्समा यो सफलता हात पारेका हुन् ।

भारतका अन्य सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पुरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रभिडले २ सय ८७ खेलमा यो उचाईमा पुगेका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top