आज देशभरको मौसम कस्तो रहन्छ ?

१३ मंसिर २०८३, आइतबार
Share this
754shares

१३ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने ।

Advertisement

आज दिउँसो हिमाली भू–भागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने ।

हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहदा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top