१३ मंसिर , काठमाण्डौ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा पार्टीलाई झोला बोकेर हिँड्ने राजनीतिक संस्कारबाट मुक्त गर्दै ‘स्मार्ट फाइल’ युगमा प्रवेश गराएको घोषणा ।
शनिबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै रविले अब पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा झोलाको सट्टा स्मार्ट डायरी र फाइल प्रयोग गरिने बताए ।

राजनीतिक दलको विचार, सिद्धान्त र नेतृत्व मन पराएर राजनीतिमा लाग्ने कार्यकर्तालाई विरोधीहरूले ‘झोले’ भनेर व्यङ्ग्य गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बाहिर निस्कन नयाँ अभ्यास सुरु गरिएको लामिछानेको भनाइ ।
नयाँ फाइलमा जनताका मुद्दा, गुनासा र हिसाब टिपोट गर्न मिल्ने व्यवस्था ।
रास्वपालाई कम्तीमा झोले युगबाट बाहिर निकालेको भन्दै अब ‘घण्टे’ र ‘खराने’ भन्ने आरोपबाट पनि मुक्त गर्ने रविको भनाइ ।
स्मार्ट फाइलको मूल्य करिब १२ देखि १५ सय रुपैयाँ पर्ने जानकारी दिँदै रविले आर्थिक अवस्था कमजोर भएका कार्यकर्तालाई पार्टीभित्रैका सक्षम सदस्यले सहयोग गर्नुपर्ने गरे प्रस्ताव ।
लामिछानेले आफूले १० जना कार्यकर्ताका लागि फाइल खरिद गरिदिने घोषणा गर्दै त्यसका लागि रकमसमेत पार्टीका कोषाध्यक्षलाई हस्तान्तरण गरे ।



