१३ मंसिर , काठमाण्डौ ।
नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले गरे प्रधानमन्त्री बालेन्द्र शाहको मौनतालाई जासुसी उपन्यासको पात्रजस्तै अदृश्य रहेको टिप्पणी ।
काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाह कसैसँग नबोल्ने र अन्तक्र्रिया नगर्ने प्रवृत्तिमा रहेको बताए ।

भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिभन्दा प्रधानमन्त्री बालेनको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा गरे चित्रण ।
विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा विभिन्न सम्झौता गर्दा विरोध हुने गरेको उल्लेख गर्दै बालेनको भारत भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेकोप्रति पनि योगेशको गरे आशंका ।
अदृश्य टुनामुना र तन्त्रमन्त्र धेरै समय नटिक्ने योगेशको टिप्पणी ।
जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गर्नुपर्ने योगेशको माग ।



