९० दिनमा एक हजार १७ चेक बाउन्सको उजुरी

काठमाडौं : काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् ।

Advertisement

छोटो समयमा धेरै उजुरी परेका कारण प्रहरीले अधिकांशको अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन । प्रहरीमा परेका उजुरीमध्ये ७४१ ‘पेन्डिङ’मा छन् ।

१६३ उजुरीमाथि मात्रै अनुसन्धान गरी मुद्दा चलाइएको छ । ११३ उजुरी भने फिर्ता गरिएका छन् । पेन्डिङमा रहेका चेकमा उल्लेख गरिएको एक अर्ब १३ करोड ४१ लाख ४९ हजार १८८ रुपैयाँ रहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Advertisement

परिसरमा दैनिक १५–२० वटा चेक बाउन्ससम्बन्धी उजुरी दर्ता हुने गरेका छन् । उजुरीमा एउटै चेक पाँच करोड रुपैयाँसम्मका छन् । खासगरी जग्गा कारोबार तथा अनाधिकृत व्यवसायमा संलग्न व्यक्तिले यस्ता चेक काट्ने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ।,आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top