‘छक्का पञ्जा’ले ११८ दिनमा बनाएको रेकर्ड ‘छक्का पञ्जा–३’ले १७ दिनमा तोड्यो

‘छक्का पञ्जा’ले ११८ दिनमा बनाएको रेकर्ड ‘छक्का पञ्जा–३’ले १७ दिनमा तोड्यो

काठमाडौँ,कात्तिक ११
नेपाली चलचित्र ‘छक्का पञ्जा’ले बनाएको रकर्ड सोही निर्माण टिमले बनाएको ‘छक्का पन्जा ३’ल तोडेको छ । सर्वाधिक कमाई गर्ने नेपाली चलचित्रको रुपमा ११८ दिन लगाएर बनाएको रकर्ड छक्का पञ्जा ३ ले १७ दिनमै तोडेको हो ।

छक्का पन्जा ३ दसैंको घटस्थापनाको दिनबाट रिलिज भएको थियो ।चलचित्रलाई यस वर्षकै प्रतीक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि उस्तै व्यापार गरिरहेको छ ।

यो युनिटले निर्माण गरेका अघिल्ला चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौं चलचित्र बजारको व्यापारमा यो ब्यानरले सनसनी नै मच्चाउने गरेको छ ।फूलपातीबाट रिलिज भएको असोक शर्मा निर्देशित चलचित्र जय भोले प्रदर्शनमा आएसँगै यो चलचित्रको व्यापार ओरालो लाग्न सक्ने धेरैको अड्कल थियो । तर चलचित्रलाई फूलपातिबाट रिलिज भएको जय भोलेले पनि कुनै असर गरेको छैन ।

छक्का पन्जा ३ ले रिलिज भएको १७ दिनमा बक्स अफिसमा चलचित्र इतिहासकै सम्मानित व्यापार गरेको छ ।चलचित्र रिलिज भएको १८ औं दिनसम्मको उपत्यकाबाहिर र भित्र दुवैको व्यापारलाई जोडेर हेर्दा १० गतेसम्ममा चलचित्रले करिब १६ करोड ४ लाखको व्यापार गर्न सफल भएको देखिन्छ ।

यसै अवस्थामा चलचित्रले व्यापार गरेको खण्डमा करिब २० लाखभन्दा माथि व्यापार गर्नेमा आशावादी रहेको निर्माता दिपकराज गिरीले बताए । अघिल्ला चलचित्रहरुलाई विषयवस्तुमा दोषी देखाउने गरिएको थियो । चलचित्रले कुनै सन्देश दिन नसकेको आरोप लाग्ने गरेको थियो ।

तर यसपटक चलचित्रमा उठान गरिएको कथा वस्तुलाई दर्शकले राम्रो रुचाएका छन् ।दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसाईं, नीर शाह लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.