विराटनगर महानगरले समावेशी शिक्षा दिने

विराटनगर महानगरले समावेशी शिक्षा दिने

विराटनगर,कात्तिक १२
विराटनगर महानगरले समावेशी शिक्षा दिने भएको छ । अपाङ्गता भएका र सपाङ्ग दुवैखाले विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर शिक्षा दिन लागिएको हो ।

यसको शुरुवात पहिलो पटक आदर्श विद्यालयबाट शुरु गरिने भएको छ । दुवै खाले विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षा दिइँदा राम्रो परिणाम आउने निष्कर्षसहित समावेशी शिक्षाको अवधारणा तय गरिएको छ ।

उचित शिक्षा, दिक्षा र अबसर मिलेमा अपाङ्गता भएकाहरु पनि सपाङ्ग जस्तै सबल भएर काम गर्न सक्छन् भन्ने मान्यताअनुरुप शिक्षा प्रदान गर्दै आएको भारतस्थित अमर ज्योती बिद्यालयको नमुनालाई विराटनगरमा प्रयोग गरिने भएको हो ।

अमर ज्योती विद्यालय भारतबाट आएका सामाजिक उद्यमी विवेक तुली र प्रिन्सिपल सिमा तुली संग विराटनगर महानगरपालिकामा सोमवार भएको छलफलमा मेयर पराजुलीले समावेशी शिक्षाले आफ्नो मन खिचेको बताए ।

चाडै सवै व्यवस्था पुरा गरेर समाबेशी शिक्षा लागु गर्ने मेयर पराजुलीले जानकारी दिए । यसका लागि अमर ज्योती विद्यालयले नलेज पाट्र्नरकारुपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

भारतको दिल्लीमा रहेको अमर ज्योती विद्यालय समाबेशी शिक्षाको क्षेत्रमा उत्कृष्ट मानिन्छ । यस्तै विराटनगर महानगर उपमेयर इन्दिरा कार्कीले समाबेशी शिक्षा विराटनगरमा आबश्यक रहेको धारणा ब्यक्त गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.