×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भुटानको विज्ञ टोली नेपालको अलैँची बारीमा

१३ कार्तिक २०७५

लमजुङ,कात्तिक १३
भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन÷अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहने छन् ।

अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको बारेमा जानकारी प्रदान गर्नेछ । आधुनिक अलैँची भट्टी निर्माण, बगानमा अलैँची लगाउने तरिका, अलैँचीका प्रकारका बारेमा तीन दिनसम्म बगैँचामा लगेर जानकारी गराउने अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

Advertisement
Advertisement

उनका अनुसार भुटानका विज्ञ टोलीलाई दुई दिन बगानमै लगी जानकारी गराउने र एक दिन अलैँची प्रशोधनका बारेमा अभिमुखीकरण दिइने छ ।नेपालमा गरिएको अलैँची खेतीको बारेमा जानकारी लिन १४ जनाको टोली नौ दिनका लागि नेपाल आएको भुटानका कृषि अनुसन्धान केन्द्रका जिग्म सिँङगेले बताए । उनका अनुसार भुटानबाट आएका १४ जना सबै कृषि क्षेत्रका विद्यार्थी हुन् ।

मस्र्याङ्दी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको अलैँचीको बारेमा धेरै कुरा सुनेको र नमूना अलैँची बगानको बारेमा जानकारी लिन भुटानबाट नेपाल आएका हौँ । उनले भने, ‘भुटानमा लगाइएको अलैँची र नेपालमा लगाइएको अलैँचीमा थोरै फरक रहेछ ।’

भुटानमा हामीकहाँ अलैँची सिधै आगोमा सुकाउँछन्, नेपालको तरिका छट्टै रहेछ । नेपालको प्रक्रियाअनुसार अब भुटानमा पनि आधुनिक अलैँची भट्टीको प्रयोग गरी अलैँची सुकाउँछन् ।’

त्यस्तै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा २५ जनाको टोली लमजुङको अलैँची बगानको अनुगमनमा आएका छन् । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लमजुङ आएका व्यवसायी तथा अलैँची कृषकले सोमबार मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा लगाइएको अलैँची बगानको अवलोकन गरेका छन् ।

Advertisement

साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा ताप्लेजुङमा मात्रै वार्षिक दुई हजार ४८० मेट्रिक टन अलैँची उत्पादन हुने गर्छ । चार हजार ५०० हेक्टर क्षेत्रफल जग्गामा अलैँची लगाइएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिए ।
रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top