×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

१३ कार्तिक २०७५

काठमाडौँ,कात्तिक १३

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको हो ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय उडानमा पुरानै गन्तव्यमा उडान भर्दै आएका नयाँ विमानको पछिल्लो महीनामा ७४ प्रतिशत सिट भरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, कतारको दोहा र हङ्कङमा नियमित उडान भर्दै आएको छ । कूल २७४ सिट क्षमताको दुबै विमानको १८ साङ्ग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । दुबै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरीद गरेको हो ।

अझै पाएन नयाँ गन्तव्य

निगमले तिहारलगत्तै चीन, जापान, दक्षिण कोरिया, साउदी अरेबियाको रियादमा सेवा शुरु गर्ने जनाए पनि नयाँ गन्तव्यको टुङ्गो नलाग्दा अहिले पुरानै गन्तव्यमा वाइडबडी उडान बाध्य भएको हो ।

उल्लेखित गन्तव्यमा सेवा सञ्चालनका लागि आवश्यक पहल भइरहेको निगमको भनाइ छ । ती गन्तव्यमा उडान सञ्चालनबारे पत्राचार एवं दुईपक्षीय छलफलसमेत भइसकेको छ । दक्षिण कोरियाले नेपालको उडान अडिट गर्न प्राविधिक टोली पठाउने जनाए पनि यकिन हुन सकेको छैन ।

नयाँ विमानले पुराना गन्तव्यमा पूर्ण क्षमताका साथ व्यावसायिक उडान भर्दै आएकाले बजारमा हल्ला आएजस्तो निगमलाई ठूलो आर्थिक भार नपरेको प्रवक्ता सिग्देलले बताए ।

निगमको पहिलो वाइडबडी अन्नपूर्ण गत असार १४ र दोस्रो वाइड बडी मकालु विमान साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । अन्नपूर्णले साउन १६ देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गरेको थियो भने मकालुले दुई महिनाअघिदेखि बैंककबाट व्यावसायिक उडान गरेको थियो ।

निगमले हाल नयाँदिल्ली, बैङ्गलोर र मुम्बई, हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, दुई वाइडबडी ‘ए’ ३३०–२०० र एयरबस ३२० सिरिजका दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।

निगमले आन्तरिकतर्फ ९ विमानबाट सेवा दिइरहेको छ । तीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन ट्वीनअटर विमान छन् ।

सरकारसँग २० अर्ब माग

निगमले पूँजी विस्तारका लागि भन्दै सरकारसँग रु २० अर्ब माग गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार सञ्चीत पूँजी वृद्धि गर्न रकम माग गरिएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । निगमले व्यावसायिक बजार विस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ क्रमशः नयाँ विमान थप्दै जाने घोषणा गरिसकेको छ । निगमले विगत तीन वर्षदेखि यो रकम माग गर्दै आएको थियो ।

रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अर्थमन्त्रालयलाई पत्राचार गरेको र उक्त प्रस्ताव अहिले विचाराधीन अवस्थामा रहेको निगमको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपाली निगम, हिमालय एयरलाइन्ससहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ नयाँ जहाज खरीद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन वाइड बडी विमानको महत्वपूर्ण भूमिका हुनेछ । यी विमानलाई पूर्ण व्यावसायिक क्षमताका साथ धेरै गन्तव्यमा पुर्याउने निगमको अवसर र चुनौती दुवै छ ।

Advertisement

– सिबी अधिकारी /रासस

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top