‘एजी फन्ड इन्टरनेशनल प्राइज’ ग्रहण गरेर जीवन विकासको टोली फर्कियो

विराटनगर, कार्तिक १३
स्वीट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशनल प्राइज’ ग्रहण गरेर फर्किएको जीवन विकास समाजका पदाधिकारीलाई भव्य स्वागत गरिएको छ ।

मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले शैक्षिक क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भव्य समारोहबीच अक्टोबर १७ तारिखका दिन स्पेनकी महारानी र साउदी अरबका युवराजले जीवन विकासलाई तीन लाख डलर बराबरको पुरस्कृत प्रदान गरेका थिए ।

पुरस्कार ग्रहण गरी समाजका अध्यक्ष योगेन्द्र मण्डलको नेतृत्वमा सह–कार्यकारी प्रमुख सञ्जयकुमार मण्डल, वरिष्ठ प्रबन्धकद्वय दामोदर रेग्मी र भरतलाल बहरदार, वरिष्ठ अधिकृत रमेश राय र बोर्ड सदस्य रिबोलदेवी मण्डल जेनेभाबाट काठमाडौ हुँदै मंगलबार कटहरी आई पुगेका हुन् ।

टोलीलाई समाजका सदस्य, सर्वसाधारण, विद्यार्थी, खेलाडी तथा कटहरीका नागरिकले फूलमाला लगाएर स्वागत गरेका छन् ।

पिछडिएका समुदायका बालबालिकाको लागि जीवन विकासले सामुदायिक विद्यालय, बाल शिक्षा कार्यक्रम, सिटिइभिटी अन्तर्गत सीपमुलक तालिम, किशोरीहरुको विद्यालय छाड्ने दर घटाउन सरकारी विद्यालयमा नव विहानी कार्यक्रममार्फत सहयोग गर्दै आएकाले पुरस्कृत भएको अध्यक्ष मण्डलले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top