मनाङ मस्र्याङ्दी सिक्किममा जारी गभनर्स गोल्ड कपको फाइनलमा

मनाङ मस्र्याङ्दी सिक्किममा जारी गभनर्स गोल्ड कपको फाइनलमा

काठमाडौं, कात्तिक १५
सिग्नेचर मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बिहीबार ग्यान्टोकस्थित पाल्चोर रंगशालामा भएको खेलमा कोलकाता एटिकेलाई ६–२ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । मनाङको जितमा डोना थापाले ह्याट्रिक गरे ।

मनाङ्को लागि अन्जन विष्ट, सुजल श्रेष्ठ र विमल बस्नेतले समान १ गोल गरेपछि फराकिलो जित हात पारेको हो ।

बाई पाएर सोझै क्वार्टफाइनल खेलको मनाङले मंगलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।

अर्को टोली नेपाल एपिएफ पनि नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी जनाएको थियो । तर, एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.