यसकारण खाना खानेवित्तिकै पानी पिउनु हुँदैन

१५ कात्तिक ७५, शुक्रबार

एजेन्सी,कात्तिक १५
शरीरका लागि पानी अत्यावश्यक भनिन्छ, स्वस्थ रहन दिनमा आठ गिलास पानी पिउनुपर्छ। तर पनि खाना खाएपछि तुरुन्त पानी नपिउनु नै राम्रो हुन्छ।

Advertisement

–खाँदा पिउनु गलत होइन तर खाना खानुअघि र पछि उत्तिनखेरै पानी पिउँदा पाचन प्रक्रिया राम्ररी हुँदैन र अपचको समस्या निम्तिन्छ।

–भोजनपछि तुरुन्त पानी पिउँदा खाइएको भोजनका पोषक तत्व सही तरिकाले शरीरले सोस्न पाउँदैन।

Advertisement

–पाचन तन्त्रबाट निस्कने पाचक रसले पेटभित्र भोजनलाई तरल बनाउने काम गर्छ। जसले गर्दा खाना पच्न सजिलो हुन्छ। पाचक रसले वान्ता वा कब्जियतजस्ता समस्या हुन दिँदैन।

– खाना खानु तुरुन्तअघि वा पछि पानी पिउँदा पाचक रस हलुका र कम प्रभावी हुन्छन्। जसले गर्दा पेटसम्बन्धी विभिन्न समस्या देखिन सक्छन्।

Advertisement

–खाना खानुभन्दा केही समयअघि वा पछि पानी पिउनुपर्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top