विराटनगर,कात्तिक १६
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ठूला राजनीतिक पार्टीले नेपालको समाजलाई अपहरण गरेको आरोप लगाएका छन् ।
शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संयोजक मिश्रले ठूला पार्टीले समाजको प्रवृत्ति तथा दिमागहरु अपहरण गरेको कारण देशले मुहार फेर्न नसकेको आरोप लगाए ।
अब आगामी दिनमा पनि मतदाताको मन र प्रवृत्ति परिवर्तन नभए देशको विकास नहुने र मतदाताले दुःख पाउने तर नेताल भने सुख पाउने बताए ।
आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बनाउने दाबी गर्दै मिश्रले कर्मचारी संयन्त्र र कानून निर्माणको तहमा बसेकाहरु आफैं धामी आफैं झाँक्री हुने प्रवृत्ति रहेको पनि बताए ।