×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

नोबेलमा नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

१८ कार्तिक २०७५

बिराटनगर, कार्तिक १८

नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो ।

Advertisement
Advertisement

पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालको दाबी छ । ‘नेपालमा यत्ति धेरै बृद्ध अवस्थामा पेसमेकर राखिएको रेकर्ड अहिलेसम्म थाहा छैन ।’

डा.नेपाल भन्छन् ‘९५ बर्षीय बृद्धलाई पेसमेकर राखिएको यो नै नेपालको पहिलो रेकर्ड हो ।’ यता राजधानीको गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा.रोशन राउतले ९० बर्ष हाराहारिका कतिपय बृद्धबृद्धालाई पेसमेकर राखिएको भएपनि बढीमा कति उमेरसम्मका बृद्धबृद्धालाई राखिएको छ भन्ने यकिन नभएको बताए ।

बयस्क निरोगी मानिसको मुटु एक मिनेटमा करिव ६० देखि १०० पटक धड्कन्छ । मुटुको धड्कन आवश्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुँनाले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, मुर्छा पर्ने र मृत्युसमेत हुने खतरा हुन्छ । यस्तो समस्या समाधानका लागि बिरामीको छाती र मुटुमा मिलाएर धातुको सानो यन्त्र पेसमेकर राख्ने गरिन्छ ।

पेसमेकरले मुटुको धड्कन कम हुँदा पूर्व निर्धा्रित गतिमा बिधुतीय करेन्ट निकालेर मुटुलाई उपयुक्त गतिमा धड्काउँन सहयोग गर्छ । जुनसुकै उमेरका मानिसलाई पेसमेकर लगाउँन मिल्ने भएपनि सामान्यतया ६५ देखि ८० बर्ष उमेरका ब्यक्तिलाई बढी मात्रामा पेसमेकर राख्ने गरिएको पाईन्छ ।

मुटुरोगको उपचार गर्दै आएका राजधानीका केहि अस्पतालमा ९० बर्ष हाराहारीका बृद्धबृद्धालाई पेसमेकर राखिएको विरलै मात्र भेटिएको छ । तर, नोबेलले ९५ बर्षका बृद्धलाई सफलतापूर्वक पेसमेकर राखेर निको बनाएको हो । नोबेल अस्पतालको शै्यामा भेटिएका बृद्ध देवानले आफुलाई पहिलेको तुलनामा धेरै सन्चो भएको प्रतिक्रिया दिए ।

‘पहिले त मरिहालिन्छ कि जस्तो भएको थियो । तर, अहिले धेरै ठिक भएको छ ।’ देवानले भने । पेसमेकर लगाउँदा छातिमा चिरेर ब्याट्री राख्ने गरिन्छ । धेरै बृद्ध ब्यक्तीको छाला कमजोर हुँने भएकाले चिरेको ठाउँमा सिलाई गर्न गाह्रो हुँने र घाउ निको हुँन गाह्रो पर्ने हुँदा समस्या हुन्छ ।

बृद्धअवस्थामा अन्य रोगहरुको पनि संक्रमण हुँने भएकाले थप जटिल हुँने र अप्रेशन असफल भएर बिरामीको मृत्यु हुँनसक्ने खतरा बढी भएतापनि नोबेलले देवानलाई निको बनाएपछि उनका आफन्त पनि हर्षित छन् । ‘वुवालाई ठिक होला कि नहोला भनेर धेरै डर लागेको थियो । तर, राम्रो उपचार पाएर अहिले वुवाको अवस्था धेरै सुधार भएको छ ।’ छोरा गोपालले खुशी हुँदै भने ‘जुन विश्वास गरेर नोबेल आएका थियौ, त्यस्तै राम्रो उपचार पायौ ।’

Advertisement

उपचार पश्चात निको भएर देवान अहिले घर फर्किएका छन् । नोबेलले यसअघि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी भएका बिरामीहरुलाई उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी विश्वकै दुर्लभ र जटिल रोगको पनि सफलतापूर्वक उपचार गर्दै आएको छ । स्तरीय डाक्टर र अत्याधुनिक उपकरणको ब्यवस्थापनका कारण गुणस्तरीय उपचारका क्षेत्रमा नोबेल अस्पताल अब्बल सावित भएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top