मोरङको किर्ते नागरिकता प्रकरणः मुख्य अभियुक्त जेल चलान ,वडाध्यक्ष फरार

१९ कात्तिक ७५, मंगलबार

विराटनगर, कात्तिक २०
भारतीय नागरिकलाई छोरा भन्दै नागरिकता दिने मोरङ कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षीय सत्यनारायण पोद्दारलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

Advertisement

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत भारतीयलाई नागरिकता सिफारिस गर्ने विराटनगर–१ का वडाध्यक्ष उद्धब अर्यालसहित साक्षी बस्ने, नक्कली बाबु बन्ने र नागरिकता लिने १६ जना विरुद्ध आइतबार मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधिश महेन्द्र प्रसाद पोखरेलको इजलासमा सोमबार भएको थुनछेक बहसपछि पोद्धारलाई पुर्पक्षका लागि थुनामा पठाएको श्रेष्तेदार ईश्वरमणी ओझाले जानकारी दिए ।

Advertisement

भारतीयलाई नागरिकता सिफारिस गरेको अभियोगमा वडाध्यक्ष अर्यालसहित सोही वडाका सदस्य रमेश साह, वडासचिब पुष्षा तिम्सिनाविरुद्धसमेत मुद्दा दायर भएको भएपनि पोद्धार बाहेक अन्य हालसम्म फरार छन् ।

Advertisement

फरार भएकाहरुलाई ३५ दिने म्याद जारी गर्दै अदालतले पुर्जी जारी गरेको छ । बाबु बनेर नागरिकता दिलाउने पोद्दारको बयानको आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

प्रहरीले झुटो विवरण पेश गरि सत्यनारायण पोद्दारको छोरा बनेर नागरिकता लिने २२ वर्षीय सञ्जीब पोद्दार, २० वर्षीय धिरज पोद्दार, जितेन्द्र पोद्दार, २५ वर्षीय राजेन्द्र पोद्दार, २५ वर्षीय रोशनकुमार पोद्दार, १८ वर्षीय मिथिलेस पोद्दार र १९ वर्षीय पवन पोद्दार विरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

सत्यनारायणले प्रतिव्यक्ति २२ हजार भारु लिएर उनीहरुलाई नागरिकता बनाईदिएको अभियोगपत्रमा उल्लेख छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि भने पोद्दारले २ वटा नागरिकता बनाईदिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top