×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

राष्ट्र बैंकको कारबाहीपछि रोकिएको सामुदायिक लघुवित्तको आईपीओ मंसिर २ गतेदेखि खुल्ने

२० कार्तिक २०७५

काठमाडौं ,कात्तिक २०

कम्पनीभित्र व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले कारबाही गरेपछि आह्वानपत्र प्रकाशन गरेर पनि निष्कासन प्रक्रिया रोकिएको सामुदायिक लघुवित्तको साधारण सेयर मंसिर २ गतेदेखि खुल्ने भएको छ ।

Advertisement
Advertisement

अघिल्लो वर्षको पुस ९ गतेदेखि बिक्री गर्नेगरी तय भएको उक्त लघुवित्तको आईपीओ प्रक्रिया नेपाल राष्ट्र बैंकको आग्रहमा धितोपत्र बोर्डले बिक्री प्रबन्धक एवं अन्डरराइटिङको जिम्मा पाएको नेपाल एसबीआर्इ मर्चेन्ट बैंकिङ लिमिटेडलार्इ आर्इपीओ वितरण प्रक्रिया रोक्न निर्देशन दिएसँगै रोकिएको थियो ।

२ करोडभन्दा बढी रकम अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अध्यक्षसँगै ४ जनालार्इ पक्राउ गरेपछि आह्वानपत्र प्रकाशन गरेर पनि निष्काशन रोकिएको थियो । राष्ट्रबैंकले अनियमिततामा संलग्न कम्पनीका पदाधिकारीहरुको कारबाही प्रक्रिया सम्पन्न गरेसँगै लघुवित्तले आईपीओ प्रक्रिया अघि बढ्ने निश्चित भएको थियो ।

तर धितोपत्र निष्काशन निर्देशिका २०६५ को व्यवस्था अनुसार धितोपत्र बोर्डबाट स्वीकृति पाएको दुर्इ महिनाभित्र शेयर निष्काशन गरिसक्नुपर्ने मा सो हुन नसकेपछि आर्इपीओका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने अवस्थामा कम्पनी पुगेको थियो । त्यसका लागि कम्पनीले विवरणपत्रमा संशोधन गरी धितोपत्र बोर्डमा पुनः पेस गरेको थियो । संशोधित विवरणपत्रलाई बोर्डले यही कार्तिक १३ गते स्वीकृत गरेसँगै कम्पनीले संशोधित आह्वानपत्र प्रकाशन गरेको हो ।

कम्पनीको ३ करोड रुपैंया बराबरका ३ लाख कित्ता शेयर बिक्रीका लागि खुला गरिनेछ जसमध्ये ४ प्रतिशतले हुन आउने १२ हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १५ हजार कित्ता शेयर सामुहिक लगानी कोष (म्युचुअल फण्ड)लाई र बाँकी हुन आउने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त शेयरमा आवेदन दिने मिति मंसिर २ गतेदेखि सुरु भई छिटोमा मंसिर ५ गते र ढिलोमा पुस २ गते सकिनेछ । सर्वसाधारणले सो कम्पनीको शेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम १५०० कित्ताका लागि आवेदन गर्न सक्नेछन् । उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट नै रहेको छ ।

Advertisement

काभ्रेको साँगामा मुख्य कार्यालय रहेको लघुवित्तको हालको चुक्ता पुँजी ७ करोड रहेकोमा ३ करोड बराबरको साधारण शेयर जारी गरी १० करोड रुपैंया चुक्ता पुँजी कायम गर्न लागेको छ । लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ५९ लाख ९८ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ जुन हालको पुँजीको २२.८५ रुपैंया हो । कम्पनीकाे कार्यसम्पादन राम्राे रहे पनि संलग्न पदाधिकारीको बदमासीका कारण साे कम्पनीले लामाे समय अन्याैलता ब्यहाेरेकाे थियाे ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top