×

NEPAL TIMES UPDATES

Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026

गोरस – क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि

२० कार्तिक २०७५

काठमाडौँ,कात्तिक २०

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो) ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ ।

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका छन् ।

सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचाप ३१ प्रतिशतले न्यूनीकरण भएको एक शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा.शान्तिलाल साहले पनि भैँसीको दूधमा लोङ्चन नामक चिल्लो पदार्थ बढी हुने र उक्त चिल्लो नसामा जम्ने भएकाले हृदयाघातको समस्या देखार्ने तथ्य सिद्ध गरेका छन् ।

‘गाईको दूध छातीका रोगीका लागि बरदान सावित भएको छ । गाईको गहुँतमा पनि अमेरिकाले अनुसन्धान गरी पाँच प्रकारका औषधिको ‘पेटेन्ट राइट’ लिएको र भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिका लागि ‘पेटेन्ट राइट’ लिएको गोब्रती योगी सोमराज बताउँछन् ।

गाईको घ्यूमा पनि उत्तिकै औषधीजन्य गुण छ । यस्तो घ्यूले हबन गर्दा ‘प्रोपिलिन अक्साइड’, ‘इथिलिन अक्साइड’, ‘फारमेलडी हाइड ग्यास’ निस्किन्छ । ‘प्रोपिलिन अक्साइड’ ले वर्षा गर्न सहयोग पु¥याउँछ । ‘इथिलिन अक्साइड’ र ‘फारमेलडी हाइड’ ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्याउने जीवाणुलाई मारी शुद्धीकरण गर्ने भएकाले गाईको घ्यूको महत्व बढेको हो ।

राष्ट्रिय जनावर भएर पनि गाईको बिनासको क्रम बढेकाले अहिले नेपालमा वृहत् अभियान नै शुरु गरिएको छ । नागरिकस्तरबाट शुरु गरिएको यो अभियानमा दिन प्रतिदिन सहभागिता बढ्न थालेको छ ।

सरकारले जर्सी गाईलाई सहुलियत दिएर स्थानीय जातका गाईलाई बेवास्ता गरेको भन्दै अभियानकर्ता यसमा जुटेका हुन् । जर्सी गाईबाट आउने दूध, दही, घ्यू स्वास्थ्यका लागि राम्रो नभएको वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भइसकेको अभियानकर्ताले बताएका छन् ।

शास्त्रमा भनिएको छ, ‘शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं’ अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई गोरुमा जुरो हुन्छ । स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु विकासे हुन् ।

स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लाग्नुभएका सोमराज बताउँछन् ।

स्थानीय गाईको दूधमा ‘ओमेगा ३’ नामक तत्व पाइन्छ । यसले स्मरण शक्ति बढाउने र ‘सेरी ब्रोसाइड’ नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन ‘एण्टी क्यान्सर ड्रग’ हो । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गहुँतमा अन्य २४ तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यक्ता पूर्ति गरी निरोगी बन्न सहयोग पुर्याउँछ ।

इटालीमा प्रा जि ई विङ्गेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका किटाणुलाई मार्ने क्षमता हुन्छ, भन्ने प्रमाणित गरेका छन् । नपुङ्सकता, चिडचिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गौलाले काम नगर्नेजस्ता समस्या आधुनिक कृषि प्रणालीका उपज हुन् ।

गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट यस्ता रोग नलाग्ने भएकाले पछिल्लो समय युरोप र अमेरिकालगायत अन्य शहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ ।

वैदिक सनातन धर्मावलम्बीले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धान गर्न थालेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।

‘हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए यस विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन तथा अनुसन्धान गर्दैछन्, यस्ता गुणले भरिएको गाई दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कार्यक्रममा गोदान अर्थात् गाई दानको विधि रहेको हो’ उनी भन्छन् ।

यस किसिमको महत्व भएको राष्ट्रिय जनावर गाईलाई कसैले खान्छन् भनेकै तर्कका आधारमा राष्ट्रिय जनावरबाट हटाउन अनेक प्रयास हुँदै आएकाले यसविरुद्धको अभियानमा आफु पनि लागेको पूर्व सांसद शङ्कर पाण्डे बताउँछन् ।

‘के बाघ र डाँफे कसैले खाँदैनन् र ? अनि खागकै लागि कति गैँडाको हत्या गरिन्छ, के अब यी सब हुन दिइरहने ?’ –उनी जोड दिन्छन् ।

गोरखनाथ र पशुपतिनाथको देशमा गाई एउटा राष्ट्रिय धरोहरका रुपमा रहँदै आएको छ । धेरै गाई पालेकैले शिवजीलाई पशुका पति अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको बाहन नै साँढे अर्थात् गोरु रहन गएको र धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ हुन गाएको बताइन्छ

यही भूमिमा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बने । धेरै गाई पाल्ने गोपालवंशी राजाहरुले समेत यही भूमिमा शासन चलाएका थिए । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखानाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको र गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको हो ।

यसैले शास्त्रमा भनिएको छ –
‘यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु ।
धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।।’

अर्थात् जसले गाई, देवता, वेद, साधु र धर्ममा विद्वेष गर्छ त्यो यो देशमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन ।

पञ्चगव्य उपचार पद्धति

स्थानीय गाईको पञ्चगव्य (दूध, दही, घिउ, गहुँत र गोबर) का माध्यमबाट हुने चिकित्साको तुलना विश्वका कुनै पनि चिकित्सा प्रणालीसित हुन नसक्ने वैज्ञानिक अध्ययन अनुसन्धानबाटै प्रमाणित भएको छ । यस चिकित्साले मधुमेह, उच्च रक्तचाप, बाथ, दम, युरिक एसिड, चर्म रोग र अर्थराइटिस जस्ता रोगमा समेत लाभ हुन्छ ।

‘मास्टर डिप्लोमा इन पञ्चगव्य थेरोपी’मा चेन्नई दक्षिण भारतबाट पञ्चगव्य चिकित्सा अध्ययन गर्नुभएका गोव्रती योगी यस्ता रोगमा पञ्चगव्य चिकित्सा बरदान सावित भएको बताउँछन् । यसैले देशभरका गौशालामा पञ्चगव्य चिकित्सा पद्धति पुनःस्थापना गर्न लागिएको उनको भनाइ छ ।

पञ्चगव्य चिकित्साको दक्षिण भारतको चेन्नईमा प्राज्ञिक अध्ययन अध्यापन हुने तर अन्यत्र भने प्रशिक्षण मात्र दिने गरिएको छ । नेपालमा अध्ययन अध्यापन त परै जावस् अहिलेसम्म प्रशिक्षण समेत भएको छैन । पञ्चगव्य चिकित्साको उपचार भने काठमाडौँस्थित नयाँसडकमा रहेको कल्याण आयुर्वेद केन्द्रमा शुरु भएको छ ।

भारतबाटै अध्ययन गरी आएकाले अहिले यस केन्द्रमा पञ्चगव्य चिकित्साबाट उपचार गरिरहेको केन्द्रका सञ्चालक महेश मोदी बताउँछन् ।

–पूर्णप्रसाद मिश्र/रासस

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top