दुई अर्ब लगानीमा राजधानीमा मनोरञ्जन पार्क बनाउने तयारी, दुर्इ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

२० कात्तिक ७५, बुधबार

काठमाडौं,कात्तिक २१

संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । सिंगापुर, थाईल्याण्ड, लण्डन, फ्रान्स, दुबई जहाँ गयो त्यहाँ भव्य र मनमोहक मनोरञ्जनस्थल पाइन्छन् । कहिँ सरकारले बनाएको छ,कहिँ निजी क्षेत्रको लगानीमा बनेका छन् ।

नेपालको राजधानी र मुख्य शहर काठमाडौंमा एउटा पनि यस्तो मनोरञ्जन पार्क छैन, जहाँ परिवार लिएर ५/७ घण्टा रमाइलोसँग बिताउन सकियोस् । विदाको दिन परिवार लिएर घुम्न जाउँ न भन्यो भने कि सिनेमा हल कि रेष्टुरेन्ट ।

Advertisement

काठमाडौं फन भ्याली वर्षमा ६ महिना बन्द हुन्छ । हुप्पी ल्याण्डमा मनोरञ्जनको सीमित साधन छन् । केबुलकार चढ्न, उपत्यका र पहाडी क्षेत्रको दृष्यावलोकनको लागि चन्द्रागिरी नयाँ गन्तव्य बनेको छ । तर स्थायी, अस्थायी बसोबास गर्ने र विभिन्न कामले राजधानी आउने करिब ६५ लाख मानिसको चाहना पूर्ति गर्ने खालको मनोरञ्जनका साधनहरु सहितको पार्क छैन ।

यस्तो ठम्याई हो नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेस प्रालिका अध्यक्ष रमेशकुमार भट्टराईको । बैकिङ र बीमा क्षेत्रमा लामो समय काम गरेका भट्टराई पछिल्लो समय नयाँ व्यवसायमा केन्द्रीत भएका छन् । भन्छन्–‘काठमाडौंबासीको लागि सजिलै जानेआउने सुविधा भएको, परिवार, साथी सर्कलबीच रमाइलोसँग विदा मनाउन जाने भन्ने ठाउँ नै भएन । त्यसैले हामी आधुनिक सुविधायुक्त र सबै उमेर समूहले मनोरञ्जन लिन सक्ने पार्क बनाउने तयारीमा जुटेका छौं ।’

Advertisement

‘तार्केश्वर नगरपालिकामा निजी स्वामित्वमा रहेको १०२ रोपनी जग्गा पाएका छौ । तर पाएसम्म सार्वजनिक जग्गा उपयुक्त हुन्छ भनेर खोजी गरिरहेका छौं’ उनी भन्छन्–‘राजधानीका विभिन्न नगरपालिकाका मेयरहरुसँग छलफल भईरहेको छ । मनोरञ्जन पार्क समाज विकासको महत्वपूर्ण सूचक पनि हो । रोजगारी पनि सिर्जना हुन्छ । नगरपालिकाको आम्दानी बढ्छ । त्यसैले जनप्रतिनिधिहरुबाट विभिन्न ठाउँमा जग्गाको प्रस्तावआएको छ । सर्वसाधारणलाई आउन जान सहज हुने क्षेत्रमा कम्तिमा १०० रोपनी जग्गा प्राप्ति पछि हामी काम थालि हाल्छौं ।’

कस्तो बनाउने पार्क  ?

प्रस्तावित याेजनामा फन पार्क, वाटर पार्क, चिल्ड्रेन पार्क, मिनि जु, अडल्ट इन्टरनेनमेन्ट पार्क हुनेछन् । त्यसभित्र रोलर कोस्टर, जम्पिङ सर्कल, ड्रागन कोस्टर, विग पेण्डुलम, डबल फ्लाइङ, विग वाटर फल, इलेक्ट्रिक ट्रेन, म्याजिककार, अक्टोपस राइड, कार्टुन ट्रेन, फ्लाइङ कार, स्नेइल अट्याकिङ, सेल्फ कन्ट्रोल प्लानेरट्रोरिङ, स्पाइरल जेट लगायतमनोरञ्जनका साधनपार्कमा राखिने उनले बताए । त्यस्तै,  मिनिफिल्म हल, रिसोर्ट, मिटिङ हल, सेमिनार हल, रेष्टुरेन्ट राखिने छ ।

१२ वर्ष मुनीका, १३ देखि २५ वर्ष उमेरका, २६ देखि ३६ वर्ष उमेरका र ३६ देखि ५५ वर्ष उमेर समूहलाई लक्षित गरी फरक फरक कल्स्टरमा मनोरञ्जनका साधनहरु राखिने भट्टराईले बताए ।

मनोरञ्जनस्थलमा बालबालिका र युवायुवतीलाई बढी प्राथमिकता दिन्छौं । छोराछोरीलाई लैजादाबाबु आमालाई पनि मनोरञ्जन दिने साधनहरु हुने छन् । व्यवसायिक मिटिङ, सेमिनारका लागि विभिन्न साइजका हलहरु बनाइने छ ।

२ अर्ब लागत

‘जग्गा ३०/३५ वर्षको लागिलिजमा लिन्छौं । पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा काम गर्ने योजना छ’ भट्टराई भन्छन्–मनोरञ्जन पार्क निर्माणका लागि मलेसियन, चाइनिज र अमेरिकन ग्रुपले इच्छा राखेका छन् । उनीहरुले बाइ वा लिज अफर दिएका छन् । कुन मोडलमा जाने भनेर निर्णय भएको छैन’ उनले भने ।

परियोजनानिर्माण सम्पन्न गर्न करिव २ अर्ब लगानी हुने अनुमान गरिएको छ । ‘सेयर पुँजी १ अर्ब रुपैयाँ राख्छौं । ५० करोड रुपैयाँ लगानीको प्रतिवद्धता आईसकेको छ । थप एक अर्ब रुपैयाँ बैंकबाट ऋण लिन सकिन्छ’ पूर्व बैंकर्स भट्टराईले वित्तीय योजना सुनाए ।‘परियोजनाको प्रारम्भिक तयारी नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेसले गरेको छ । जमिनको टुङगो लागेपछि नयाँ कम्पनी दर्ता गरी निर्माण प्रक्रिया तत्काल थालिने छ’ भट्टराइ भन्छन्-‘दुर्इ वर्षमा याे परियाेजना निर्माण सम्पन्न गर्छाै ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top