हत्याको आरोपमा १ पक्राउ

हत्याको आरोपमा १ पक्राउ

धनकुटा, कात्तिक २१

धनकुटाको महालक्ष्मी नगरपालिका–३ का ४० बर्षीय सत्यजंग तामाङलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।कात्तिक २० गते दिउँसो सोही स्थान बस्ने बर्ष ६५ को गोरे बहादुर तामाङकको हत्याको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

घर नजिकै बारीमा गोरे मृत अबस्थामा फेला परे पछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्ने क्रममा १ नाल भरुवा बन्दुक र खुकुरी बरामद गरी सोधपुछ गर्ने क्रममा उक्त घटना आफैले घटाएको बताएकाले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यस सम्बन्धी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.