७१ रनले हराउँदै नेपाली युवा टोलीले उपाधि जित्यो

१ पुस ७४, आइतबार

नेपालले थाइल्याण्डमा जारी एसिसि यु १६ पूर्व क्षेत्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ।

Advertisement

आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो।

Advertisement

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो। उसका लागि साहीहर्स भनुगोपालले सर्वाधिक ३१ रन बनाए। इसान सानेलाई १२, राउल शर्माले १५ रन बनाए। उनीबाहेक अरूले खासै राम्रो खेलन सकेनन्।

नेपालका लागि सूर्य तामाङ र अजयकुमार लोहियाले समान ३-३ विकेट लिए। थप विकेट नारायण जोशी र कुशल मल्लले लिए।

Advertisement

यसअघि कमजोर सुरुवात गरेको नेपालले तीन रन हुँदा पहिलो विकेट गुमाएको थियो। ओपनर कुशल मल्ल शून्य रनमा आउट भए भने त्यसपछि २१ रन हुँदा राजन मगर आउट भए।

तेस्रो नम्वरमा ब्याटिङ गर्न आएका सुवास ऐयरले विशाल बियक्रम केसीसँग राम्रो साझेदारी गर्दै टिमलाई केही राम्रो गरे।

२२ रनमा उनी आउट भएपछि नेपालले ४० रनमा तेस्रो विकेट गुमायो। नेपालले स्कोर बोर्डमा थप २२ रन जोड्दा चौथो विकेट झर्‍यो। नेपालका त्रितराज दाश ब्यक्तिगत १९ रनमा आउट भए।

पाँचौ विकेटका लागि विशाल केसी र सुनिल भण्डारीले ४२ रनको साझेदारी गरेप५ नेपालले मध्यम स्कोर बनाउन सक्यो। सुनिलले १५ रन बनाए भने छैटौं विकेटका लागि कप्तान विशालले नारायण जोशीसँग ४८ रनको साझेदारी गरे।

बिशालले ६३ रन बनाएका थिए। नारायणले अविजीत ४६ रन बनाएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top