विराटनगर, कार्तिक २५
प्रदेश नं १ सरकारले छठ पर्वको अबसरमा विराटनगरमा जलपान तथा संस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ।
आगामी कार्तिक २८ गते आयोजना हुने जलपान तथा संस्कृतिक महोत्सवका लागि मुख्य मन्त्री शेरधन राईको संयोजकत्वमा १ सय १ सदस्य म्ुख्य आयोजक समिति गठन गरिएको जनाइएको छ ।
प्रदेश सरकारको तर्फबाट कार्यवहाक मु्ख्यमन्त्री रहेका हिक्मत कार्कीले शनिबार मन्त्रालयमा पत्रकार पत्रकार सम्मेलन गरी विराटनगरको आर्दश माध्यामिक विद्यालय प्राङ्गणमा अपरान्ह १ बजेदेखि ४ बजेसम्म जलपान तथा संस्कृतिक महोत्सव आयोजना हुने जानकारी दिए ।
उनले आगामी कार्तिक २८ गते आयोजना हुने जलपान तथा संस्कृतिक महोत्सवमा बिषेशत झाँगड ,सन्थाल,बाँतर,थाँरु,मुस्लिम,राजवंशी जातीका नृत्य सगै झाँकी प्रस्तुत हुने जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा संस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु दीपा श्री निरौला,बिल्सन विक्रम रई,सुमित खड्का लगायतका कलाका्रहरुको समेत प्रस्तुती रहने जानकारी दिइएको छ ।
जलपान तथा संस्कृतिक महोत्सवकोलागि सम्पु्र्ण व्यवस्थापकीय जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको बताइएको छ ।