युभेन्टसले मिलानलाई हरायो,अपराजित रहँदै शीर्षस्थानमा

युभेन्टसले मिलानलाई हरायो,अपराजित रहँदै शीर्षस्थानमा

एजेन्सी,कात्तिक २६
इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा युभेन्टसले एसी मिलानलाई २–० ले पराजित गरेको छ ।

आठौं मिनेटमा फरवार्ड मारियो मान्जुकिचले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । मारियो मान्जुकिचले एलेक्स सान्ड्रोको क्रसमा गोल गर्न सफल भएका हुन् ।

पेनाल्टी मार्फत मिलानले खेल बराबरी गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि फरवार्ड गोन्जालो हिगुआइन त्यसमा सफल भएनन् । मिलानले पाएको पेनाल्टीमा हिगुआइनको प्रहार गोलरक्षक वजचिएक सेचेज्नीले बचाए ।

युभेले अग्रता दोब्बर पार्ने क्रममा खेलको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले ८३ औं मिनेटमा गोल गर्दै युभेन्टसको जित पक्का गरे ।

रोनाल्डोले गोल गरेको केहि बेरमै हिगुआइन लगातार पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए । डिफेन्डर मेधि बेनाटियालाई फल गरेपछि उनले पहिलो कार्ड पाए । तर रिसको झोंकमा राफ्रिको अगाडि कराएपछि उनले दोस्रो कार्ड पनि पाए ।

यस जितसँगै युभेन्टसले शीर्षस्थानमा ६ अंकको अग्रता कायम राख्न सफल भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.