कांग्रेसभित्र किचलो

कांग्रेसभित्र किचलो

काठमाडौं : विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरु भएको छ ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

गत निर्वाचनमा तत्कालीन नेपाल लोकतन्त्रिक फोरमसाग पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्न उपसभापतिमा गच्छादारलाई मनोनित गरे पनि सभापतिले विधि र प्रक्रिया मिचेको भन्दै आलोचना शुरु भएको छ ।कांग्रेस विधानमा एक जना मात्र उपसभापति रहने व्यवस्था छ ।

विधानमा भएको व्यवस्थाविपरीत काम गर्दा केन्द्रीय समितिले बाधा अड्काउ फुकाउन उक्त व्यवस्था निलम्बन गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै केन्द्रीय सदस्यहरुले सभापतिको आलोचना गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.