दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जन्टी रोड्स काठमाडौंमा,नेपाली खेलाडीलाई प्रशिक्षण दिने

दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जन्टी रोड्स काठमाडौंमा,नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं,कात्तिक २६
दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी एवं प्रशिक्षक जन्टी रोड्स नेपाली खेलाडिलाई प्रशिक्षण दिन काठमाडौँ आएका छन् ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तीपूरमा यही बुधवारदेखि १० दिनसम्म चल्ने प्रशिक्षण शिविरमा १७ वर्ष र १९ वर्षमुनिका युवाहरुलाई लक्षित गरिएको छ ।

रोड्सले काठमाडौंमा हुने यो हाई पर्फर्मेन्स शिविरले उमेर समुहमा उत्कृष्ट नेपाली क्रिकेटलाई सिनियर राष्ट्रिय टोलीसम्म विस्तार गर्न सहयोग गर्ने विश्वास लिएका छन् ।

नेपालका पूर्व राष्ट्रिय क्रिकेटहरुले सञ्चालन गरेको नेपाल क्रिकेट स्कुल र स्पोट्र्स एड प्रा.लि.ले आयोजना गरेको यो प्रशिक्षण शिविरमा रोड्सलाई वेष्ट इंडीज र अफ्गानिस्तानका पूर्व फिल्डिङ प्रशिक्षक रायन मारोनले पनि सहयोग गर्नेछन् ।

दक्षिण अफ्रिकी राष्ट्रिय टोलीबाट ५२ टेस्ट म्याच र २ सय ४५ एक दिवसिय क्रिकेट म्याच खेलेका रोड्स आफ्नो समयका उत्कृष्ट फिल्डरको रुपमा चिनिन्छन् । युवा प्रशिक्षण शिविरको एक दिन अगाडि रोड्सले भोलि नेपालका क्रिकेट प्रशिक्षकहरुलाई पनि तालिम दिंदैछन् ।

रोड्स विगत १० वर्षदेखि इण्डीयन प्रिमियर लिग (आईपिएलं) क्रिकेटको शिर्ष टोली मुम्बई इण्डीयन्सको फिल्डिङ प्रशिक्षकको रुपमा कार्यरत छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.