मालिकाले अाइतबारसम्म ६० हजार स्मार्ट लाइसेन्स विभागलार्इ दिने,अनलाइन फाराम मंसिर ७ देखि खुल्ने

३० कात्तिक ७५, शुक्रबार
Share this
683shares

काठमाडौं, कात्तिक ३०
६ लाख स्मार्ट लाइसेन्सको जिम्मा पाएको मालिका इन्कर्पोरेट लिमिटेडले आइतबारसम्म ६० हजार कार्ड यातायात व्यवस्था विभागलाई उपलब्ध गराउने भएको छ । कार्पोरेटले हालसम्म छापिएको कार्ड मंसिर २ गते विभागलाई दिने तयारी गरेको हो ।

Advertisement

इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्ने दाबी गरे पनि आवश्यक डाटा विभागले उपलब्ध गराउन नसकेको भन्दै थोरै संख्यामा मात्र कार्ड छपाई गरिरहेको छ । प्राविधिक समस्या हल भएपछि लाइसेन्स छपाइको संख्या बढ्ने इन्कार्पोरेटका प्रबन्ध निर्देशक सुरेद्र ढकालले बताए ।

‘हामी छापिएको कार्ड विभागलाई उपलब्ध गराउने तयारी गरिरहेका छौं, आइतबारसम्म ६० हजार कार्ड विभागलाई दिन्छौं प्रबन्ध निर्देशक ढकालले भने प्रविधिक समस्या समाधान भए द्रुत गतिमा कार्ड छाप्छौं ।’

Advertisement

विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई लाइसेन्स छाप्ने जिम्मेवारी दिएको थियो । एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको हो ।

पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए।

Advertisement

मालिकाले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी विभागसँग सम्झौता गरेको थियो । कार्ड छापेबापत कम्पनीले प्रतिकार्ड १५ रुपैंयाका दरले ९० लाख रुपैंया प्राप्त गर्नेछ ।

लाइसेन्स छापिने कार्ड, बिजुली लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने सम्झौता भएको छ । कार्ड विभागको मीनभवन स्थित कार्यालयमा इन्कार्पोरेटले कार्ड छापिरहेको छ ।

लाइसेन्स परीक्षा फाराम मंसिर ७ गतेदेखि सुरु हुने

विभागले मंसिर ७ गतेबाट लाइसेन्स परीक्षा सुचारु गर्ने भएको छ । दशैं, तिहार र छठ पर्व बिदाको लागि बन्द गरिएको अनलाइन फाराम पुनस् सुचारु गर्न लागिएको हो । विभागका अनुसार ७ गते बिहान १० बजेबाट अनलाइनमार्फत फाराम भर्न सकिनेछ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top