ब्राजिलले क्यामरूनलाई हरायो, नेयमार घाइते

LONDON, ENGLAND - NOVEMBER 16: Neymar of Brazil in action during the International Friendly between Brazil and Uruguay at Emirates Stadium on November 16, 2018 in London, England. (Photo by Mike Hewitt/Getty Images)

एजेन्सी, मंसिर ५
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १–० ले पराजित गरेको छ । मंगलबार राती भएको खेलको सुरुवाती समयमै फरवार्ड नेयमार भने चोटका कारण मैदान बाहिरीए ।

ब्राजिलका कप्तान समेत रहेका नेयमार खेलको आठौं मिनेटमा नै तिघ्राको चोट बोकेपछि मैदान छाड्न बाध्य भएका थिए । नेयमार बाहिरिएपछि मार्किन्होसले कप्तानको जिम्मेवारी लिएका थिए भने उनको स्थानमा एभरटनका रिचार्लीसन मैदान प्रवेश गरेका थिए ।

त्यसलगत्तै ब्राजिलको मेडिकल टोलीले परिक्षण गरेपनि अन्य स्क्यानपछि मात्र चोटको गम्भीरता बारे थाहा हुने बताइएको छ । ब्राजिलका लागि वैकल्पिक खेलाडी रिचार्लीसनले एक गोल गरे यो निर्णायक गोल बन्यो । पहिलो हाफको अन्तिम समयमा उनले गरेको हेडर गोल निर्णायक सावित भयो ।ब्राजिलले जित दर्ता गरेपनि नेयमारको चोट नै खेलको मुख्य पाटो बन्यो ।

नेयमारको चोट गम्भीर भएको अवस्थामा फ्रान्सेली क्लब पीएसजीलाई ठूलो घाटा हुनेछ । पीएसजीले यसै साता टुलुजको सामना गर्नेछ भने अर्को साता च्याम्पियन्स लिगमा लिभरपुलसँग खेल्दैछ ।

च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेको पीएसजीलाई अब बाँकी खेलमा अनुकुल नतिजा ल्याउनैपर्ने दबाब रहेको छ ।